काठमाडौँ, २७ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतितोलामा १५ सयले बढेको छ । सोमबार प्रतितोला बराबर ९० हजार ४०० सयमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर प्रतितोलामा ९१ हजार ९०० सयमा कारोबार भएको छ ।
योसँगै तेजावी सुन प्रतितोलामा ९१ हजार ४०० सयमा कारोबार भएको छ ।
साथै मंगलबार चाँदीको पनि सामान्य दरमा भाउ बढेको छ । सोमबार १ हजार ३ सय १५ मा कारोबार भएको चाँदी मंगलबार बढेर १ हजार ३ सय ४० मा कारोबार भएको छ ।




