सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रथम राष्ट्रिय परिषद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपीले प्रतिक्रान्तिको वकालत गर्दै संविधान कुल्चिएकाले वाजी हारेको बताएका छन् ।

उनले भने, ‘ओलीले प्रतिगमन गर्ने र संविधानलाई कुल्चने काम गर्नुभयो । प्रतिक्रान्तिको वकालत गर्न थाल्नुभयो । उहाँले बाजी हार्नुभयो । उहाँ इतिहासमा कलंकित पनि हुनुभयो ।’ उनले अव ओलीले जित्ने कुनै सम्भावना पनि नरहेको बताए ।

अध्यक्ष प्रचण्ड भने, ‘उहाँले जित्ने कुनै सम्भावना नै छैन । हामी संविधान, लोकतन्त्र, शान्ति र संघीयताको पक्षमा उभियौ, त्यसकारण हामीले लडाई जित्यौ । ओली एकपछि अर्को हार्नुभन्दा विकल्प छैन । हाम्रो जित कसैले रोक्न सकिने छैन ।’

उनले प्रधानमन्त्री ओली शिक्षक र बुद्धिजीवीहरुसँग तर्सिएको पनि बताए । शिक्षक र बुद्धिजीवीहरु अन्धभक्त नहुने भएकाले ओली तर्सिएको प्रचण्डको भनाई छ । ‘उहाँलाई चाहिने हनुमान, दास वा भक्त जे भने पनि त्यस्ता अनधभक्त चाहिने रहेछ । शिक्षकहरु अन्धभक्त हुँदैनन् । उनीहरु विवेक प्रयोग गर्छन् र विश्लेषण गर्छन् । उनीहरु सत्य र न्यायको पक्षमा हुन्छन् । त्यसो भएकाले शिक्षकहरुलाई विचारबाट बाहिर राख्न चाहनुभएको रहेछ ।’

प्रचण्डले पार्टी एकता घोषणा गरेको ३ वर्ष बित्दानबित्दै पार्टी विभाजनको दुर्भाग्यपूर्ण स्थितिको सामना गर्नुपरेको तर्क गरेका छन् । उनले पद र कुर्सीका लागि नभई विचार र सिद्धान्त, सिस्टम र प्रणालीका निम्ति लडाई भइरहेको बताए । ‘पार्टी, आन्दोलन भनेको विचारबाट निर्देशित हुन्छ । निश्चित विचार र राजनीतिक कार्यदिशाद्धारा हुन्छ पार्टी’ उनको भनाई छ । उनले त्यही कार्यदिशामा ओलीले प्रहार गरेकाले अहिलेको अवस्था आएको बताए ।

" /> ओलीले बाजी हार्नुभयो, हामीले लडाइँ जितिसक्यौँ : प्रचण्ड - Sarbocha Media

ओलीले बाजी हार्नुभयो, हामीले लडाइँ जितिसक्यौँ : प्रचण्ड

`

     २०७७ माघ २६ गते ११:०४

काठमाडौँ, २६ माघ। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन र प्रतिक्रान्तिको वकालत गरेकाले बाजी हारेको बताएका छन् ।

सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रथम राष्ट्रिय परिषद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपीले प्रतिक्रान्तिको वकालत गर्दै संविधान कुल्चिएकाले वाजी हारेको बताएका छन् ।

उनले भने, ‘ओलीले प्रतिगमन गर्ने र संविधानलाई कुल्चने काम गर्नुभयो । प्रतिक्रान्तिको वकालत गर्न थाल्नुभयो । उहाँले बाजी हार्नुभयो । उहाँ इतिहासमा कलंकित पनि हुनुभयो ।’ उनले अव ओलीले जित्ने कुनै सम्भावना पनि नरहेको बताए ।

अध्यक्ष प्रचण्ड भने, ‘उहाँले जित्ने कुनै सम्भावना नै छैन । हामी संविधान, लोकतन्त्र, शान्ति र संघीयताको पक्षमा उभियौ, त्यसकारण हामीले लडाई जित्यौ । ओली एकपछि अर्को हार्नुभन्दा विकल्प छैन । हाम्रो जित कसैले रोक्न सकिने छैन ।’

उनले प्रधानमन्त्री ओली शिक्षक र बुद्धिजीवीहरुसँग तर्सिएको पनि बताए । शिक्षक र बुद्धिजीवीहरु अन्धभक्त नहुने भएकाले ओली तर्सिएको प्रचण्डको भनाई छ । ‘उहाँलाई चाहिने हनुमान, दास वा भक्त जे भने पनि त्यस्ता अनधभक्त चाहिने रहेछ । शिक्षकहरु अन्धभक्त हुँदैनन् । उनीहरु विवेक प्रयोग गर्छन् र विश्लेषण गर्छन् । उनीहरु सत्य र न्यायको पक्षमा हुन्छन् । त्यसो भएकाले शिक्षकहरुलाई विचारबाट बाहिर राख्न चाहनुभएको रहेछ ।’

प्रचण्डले पार्टी एकता घोषणा गरेको ३ वर्ष बित्दानबित्दै पार्टी विभाजनको दुर्भाग्यपूर्ण स्थितिको सामना गर्नुपरेको तर्क गरेका छन् । उनले पद र कुर्सीका लागि नभई विचार र सिद्धान्त, सिस्टम र प्रणालीका निम्ति लडाई भइरहेको बताए । ‘पार्टी, आन्दोलन भनेको विचारबाट निर्देशित हुन्छ । निश्चित विचार र राजनीतिक कार्यदिशाद्धारा हुन्छ पार्टी’ उनको भनाई छ । उनले त्यही कार्यदिशामा ओलीले प्रहार गरेकाले अहिलेको अवस्था आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?