झापा, २६ माघ। कचनकवल गाउँपालिका–६ बनियानी चोकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय रतन राजबंशी र ३३ वर्षीय डिल्ली राजबंशी रहेका छन् ।
मोटरसाइकलमा बिना हेलमेट सवार भइरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले हेलमेट लगाउनु भनी रोक्दा प्रहरीलाई गाली गलौज तथा हातपात समेत गरेपश्चात् उनीहरुलाई पक्राउ गरेका हुन् ।




