बाँके २६ माघ । जनता समाजवादी पार्टी (जसपा) बाँकेले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमत्तोमा संबिधानसभा भंग गरेको र विभिन्न संबैधानिक पदहरुमा नियुक्ती गरेको विरोधमा जसपाले त्रिभुवन चोकमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला जलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधिसभा भंग गरेर आगामी बैशाख १७ र २७ गते मध्यावति निर्वाचनको घोषणा गर्नुभएको थियो ।
संबिधान विपरीत लोकतान्त्रिक मुल्यमान्यताको समेत बर्खिलापमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संबिधानसभा भंग गरेको भन्दै जसपा सडक आन्दोलनमा छ ।
त्यही आन्दोलन अन्तर्गत आज त्रिभुवन चोकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला जलाइएको जसपा बाँकेका अध्यक्ष कमरुद्दिन रार्इले जानकारी दिए ।
जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त संबिधानसभालाई प्रधानमन्त्री ओलीले सनकको भरमा भंग गर्नु लोकतन्त्र र गणतन्त्रमाथिको प्रहार भएको अध्यक्ष रार्इको भनाई छ ।
उनले संबिधानसभा पुनःस्थार्पना नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् । राईले विरोध स्वरुप माघ २९ गते मशालजुलुस प्रदर्शन गर्ने पनि बताएका छन् ।
जसपाले यसअघि देशव्यापी प्रदर्शन गरिसकेको छ । संबिधानसभा विघटनको विरोधमा जसपाले विरोध र्याली, सडक प्रदर्शन लगायतका दवावमुलक कार्यक्रम गरिसकेको छ ।
जसपाले प्रधानमन्त्री ओली तानाशाह बनेको आरोप लगाउँदै घोषित समयमा निर्वाचन हुनै नसक्ने भन्दै संबिधानसभा पुनःस्थापनाको विकल्प नभएको धारणा व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य राशिद कुरेशी, जिल्ला उपाध्यक्ष राजन राना मगर, अम्बिका कफ्ले, रूबी तरन्नुम बानो ,राजेंद्र विश्वकर्मा,दुर्गेस गुप्ता, माजिद अलि, असलम अन्सारी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागी रहेका थिए।




