‘एकीकरण गरेर पृथ्वी नारायण शाहले अति नै राम्रो काम गरेका छन्। एकीकरण अनवरत हुन्छ। तर अहिले अनेकतामा विष घोल्ने प्रयास भइरहेछ। पहिचानको राजनीति गरेर जनतालाई भड्काउने,’ उनले भने।

प्रधानमन्त्री ओली भने, नेपाली सेनाले आयोजना गरेको एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार कार्यक्रममा बोल्दै ओलीले त्यतिबेला सबै लडाकु भएको टिप्पणी गरे। ‘कसैले बर्दी लगाएर लडे, कसैले बर्दी नलगाई लडे ।’

ओलीले राजाका सन्तानलाई मात्र स्मरण गरेर न्याय नहुने बताए। उनले भने, ‘कसैका सन्तान–दरसन्तानको गुणगान गाउने, कसैको लेखाजोखा नहुने, त्यसरी इन्साफ हुँदैन। बिनाभेदभाव महान पूर्वजहरुको स्मरण गर्नुपर्छ। बिसे नगर्ची समेत धन्यवादका पात्र छन्। यसरी लड्नुपर्छ भनेर पृथ्वीनारायण शाहलाई बुद्धि दिने बुढी आमैलाई पनि धन्यवाद छ।’

ओलीले अहिलेको नयाँ पिढीलाई एकीकरणको बारेमा, आफ्ना पुर्खाको पौरखको बारेमा बताउनु पर्ने बताए।

उनले भने, पुर्खाहरुको वलिदान हाम्रो नयाँ पिढीमा पुर्याउनु पर्ने भएको छ। देश खेलाचीमा आएको होइन, चीट्टामा परेको होइन, हाम्रा पुर्खाले लडेर ल्याएका हुन् भन्ने थाहा दिनु पर्ने छ।’

ओलीले नेपाली इतिहासको एक विवादित प्रसंग पनि कोट्याए। उनले भीमसेन थापा निर्दोष रहेको दाबी गरे। इतिहासकारहरु बीच थापा ‘गद्दार’ हुन कि ‘निर्दोष’ भन्ने कुरामा एकमत छैन।

ओलीले भने, ‘हाम्रो इतिहासका महान देशभक्त हुन् भिमसेन थापा। उनी मात्र होइन, उनका छोरा नातिले पनि योगदान दिएका छन्। उजिरसिंहले बुटवलमा किल्ला सम्हालेर अंग्रेजलाई नलखेटेको भए नेपाल जोगाउन गाह्रो हुन्थ्यो। बुटबलमा हारेको भए भिमसेन थापाले सम्हालेको मोर्चा पाल्पामा आक्रमण हुन्थ्यो। पाल्पा टिकाउन गाह्रो हुन्थ्यो।’

" /> पृथ्वीनारायण शाहले एकीकरण गरेर राम्रो काम गरे : प्रधानमन्त्री ओली - Sarbocha Media

पृथ्वीनारायण शाहले एकीकरण गरेर राम्रो काम गरे : प्रधानमन्त्री ओली

`

     २०७७ माघ २६ गते ६:०५

काठमाडौँ २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकीकरणको सुरुवात पृथ्वी नारायण शाहले गरेको भूल्न नहुने बताएका छन्। ओलीले पहिचानको नाममा राजनीति गरेर देशलाई खण्डित बनाउने षड्यन्त्र भइरहेका भन्दै त्यस तर्फ सजक हुदै एकताको पक्ष सबै नेपाली लाग्नु पर्ने बताएका हुन्।

‘एकीकरण गरेर पृथ्वी नारायण शाहले अति नै राम्रो काम गरेका छन्। एकीकरण अनवरत हुन्छ। तर अहिले अनेकतामा विष घोल्ने प्रयास भइरहेछ। पहिचानको राजनीति गरेर जनतालाई भड्काउने,’ उनले भने।

प्रधानमन्त्री ओली भने, नेपाली सेनाले आयोजना गरेको एकीकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार कार्यक्रममा बोल्दै ओलीले त्यतिबेला सबै लडाकु भएको टिप्पणी गरे। ‘कसैले बर्दी लगाएर लडे, कसैले बर्दी नलगाई लडे ।’

ओलीले राजाका सन्तानलाई मात्र स्मरण गरेर न्याय नहुने बताए। उनले भने, ‘कसैका सन्तान–दरसन्तानको गुणगान गाउने, कसैको लेखाजोखा नहुने, त्यसरी इन्साफ हुँदैन। बिनाभेदभाव महान पूर्वजहरुको स्मरण गर्नुपर्छ। बिसे नगर्ची समेत धन्यवादका पात्र छन्। यसरी लड्नुपर्छ भनेर पृथ्वीनारायण शाहलाई बुद्धि दिने बुढी आमैलाई पनि धन्यवाद छ।’

ओलीले अहिलेको नयाँ पिढीलाई एकीकरणको बारेमा, आफ्ना पुर्खाको पौरखको बारेमा बताउनु पर्ने बताए।

उनले भने, पुर्खाहरुको वलिदान हाम्रो नयाँ पिढीमा पुर्याउनु पर्ने भएको छ। देश खेलाचीमा आएको होइन, चीट्टामा परेको होइन, हाम्रा पुर्खाले लडेर ल्याएका हुन् भन्ने थाहा दिनु पर्ने छ।’

ओलीले नेपाली इतिहासको एक विवादित प्रसंग पनि कोट्याए। उनले भीमसेन थापा निर्दोष रहेको दाबी गरे। इतिहासकारहरु बीच थापा ‘गद्दार’ हुन कि ‘निर्दोष’ भन्ने कुरामा एकमत छैन।

ओलीले भने, ‘हाम्रो इतिहासका महान देशभक्त हुन् भिमसेन थापा। उनी मात्र होइन, उनका छोरा नातिले पनि योगदान दिएका छन्। उजिरसिंहले बुटवलमा किल्ला सम्हालेर अंग्रेजलाई नलखेटेको भए नेपाल जोगाउन गाह्रो हुन्थ्यो। बुटबलमा हारेको भए भिमसेन थापाले सम्हालेको मोर्चा पाल्पामा आक्रमण हुन्थ्यो। पाल्पा टिकाउन गाह्रो हुन्थ्यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?