प्रचण्ड–माधव पक्षमा लागेको संयोजकलाई हटाउन सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको थियो । बैठक अहिले पनि जारी छ । तर, नयाँ नेतृत्व कसरी चयन गर्ने भन्ने सहमति जुट्न सकेको छैन ।

किरण पौडेल, बचन सिंह र प्रभातविक्रम कटवालले पनि नेतृत्वमा दाबी गरेपछि नयाँ नेतृत्व चयन हुन भने सकेको छैन । ‘संयोजकबाट हटाइएको छ, तर कसको नेतृत्वमा नयाँ संगठन बनाउने भन्ने छलफल भइरहेको छ’, कटवालले भने । नेतृत्वमा सहमति नजुटे पदाधिकारी मोडेलमा जाने तयारी गरीएको छ ।

" /> ओली पक्षले राष्ट्रिय युवा संघको संयोजकबाट दीपशिखालाई हटायो - Sarbocha Media

ओली पक्षले राष्ट्रिय युवा संघको संयोजकबाट दीपशिखालाई हटायो

`

     २०७७ माघ २५ गते १०:५७

काठमाडौँ, २५ माघ । नेकपा ओली पक्षले राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा दीपशिखालाई हटाएको छ । ललितपुरको च्यासलमा जारी बैठकले दीपशिखालाई संंयोजकबाट हटाएका हुन् ।

प्रचण्ड–माधव पक्षमा लागेको संयोजकलाई हटाउन सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको थियो । बैठक अहिले पनि जारी छ । तर, नयाँ नेतृत्व कसरी चयन गर्ने भन्ने सहमति जुट्न सकेको छैन ।

किरण पौडेल, बचन सिंह र प्रभातविक्रम कटवालले पनि नेतृत्वमा दाबी गरेपछि नयाँ नेतृत्व चयन हुन भने सकेको छैन । ‘संयोजकबाट हटाइएको छ, तर कसको नेतृत्वमा नयाँ संगठन बनाउने भन्ने छलफल भइरहेको छ’, कटवालले भने । नेतृत्वमा सहमति नजुटे पदाधिकारी मोडेलमा जाने तयारी गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?