नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले माइतीघरमा प्रदर्शन गर्दै निजी सवारी साधनले भाडा लिई यात्रु ओसारपसार गरेको भन्दै त्यसलाई तत्काल बन्द गराउन माग गर्दै आन्दोलन गरेका छन् ।

यसका साथै उनीहरुले माघ २२ गते नेकपाको दाहाल–नेपाल पक्षले गरेको बन्दमा ट्याक्सी तोडफोड भएको भन्दै त्यसको क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् ।

उनीहरुले कुनै पनि बन्दको नाममा सार्वजनिक यातायातका साधानमाथि तोडफोड र आगजनी बन्द गर्न पनि राजनीतिक दलहरुलाई सचेत गराएका छन् ।

" /> पठाओ र टुटलको विरोध गर्दै ट्याक्सी व्यवसायीको आन्दोलन - Sarbocha Media

पठाओ र टुटलको विरोध गर्दै ट्याक्सी व्यवसायीको आन्दोलन

`

     २०७७ माघ २४ गते १०:३२

काठमाडौँ, २४ माघ । गैरकानुनी रुपमा पठाओ र टुटल सञ्चालन गरेको भन्दै शनिबार काठमाडौँमा ट्याक्सी व्यवसायीहरुले आन्दोलन गरेका छन् ।

नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले माइतीघरमा प्रदर्शन गर्दै निजी सवारी साधनले भाडा लिई यात्रु ओसारपसार गरेको भन्दै त्यसलाई तत्काल बन्द गराउन माग गर्दै आन्दोलन गरेका छन् ।

यसका साथै उनीहरुले माघ २२ गते नेकपाको दाहाल–नेपाल पक्षले गरेको बन्दमा ट्याक्सी तोडफोड भएको भन्दै त्यसको क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् ।

उनीहरुले कुनै पनि बन्दको नाममा सार्वजनिक यातायातका साधानमाथि तोडफोड र आगजनी बन्द गर्न पनि राजनीतिक दलहरुलाई सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?