काठमाडौँ, २३ माघ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा अझै बृहत आमसभा गर्दै जाने बताएका छन्।
शुक्रबार काठमाडौँको राजदरबार अगाडि आयोजित सभालाई सम्बोधनका क्रममा उनले आगामी फागुन १ गते बुटवल र ८ गते विराटनगरमा अझै ठूलो सभा गर्ने बताएका छन् ।




