सेनाले बख्तर बन्द गाडी देखाएर डराउन खोजेको एक कार्यकर्ताले जानकारी दिए । बुटवल बेसक्याम्पबाट निकालिएका ४ वटा बख्तर बन्द गाडी राजमार्ग चौराहा हुँदै गोल पार्कतिर लगिएको थियो ।

यसबारे भने आन्तरिक जानकारी आफूहरूलाई भएको नेपाल प्रहरीका एक जवानले बताए । ‘हामीलाई थाहा थियो ।’ उनले भने, ‘आन्तरिक सर्कुलेसन भएको थियो ।’ आर्मीले यसबारेमा केही बोलेको छैन ।

मुख्य राजमार्ग बाहेक बुटवलका भित्री सडकहरूका पसल व्यवसाय भने आंशिक मात्रामा सञ्चालन भइरहेका छन् । ई–रिक्साहरूलाई मुख्य राजमार्गबाहेक अन्यत्र रोकिएको छैन ।

" /> भोलि ओलीको भाषण पछि संकटकाल लगाउने संकेत, निस्के नेपाली सेना ! - Sarbocha Media

भोलि ओलीको भाषण पछि संकटकाल लगाउने संकेत, निस्के नेपाली सेना !

`

     २०७७ माघ २२ गते ११:२७

काठमाडौँ, २२ माघ । प्रचण्ड–नेपाल समूहले आम हड्ताल गरेकै दिन सङ्कटकालकै झल्को दिने गरी नेपाली सेनाले बख्तर बन्द गाडीहरूलाई बुटवलका सडकमा घुमाएको छ । पूर्व जानकारी विनै बख्तर बन्द गाडीहरू घुमाएपछि राजमार्ग चौराहा बन्द गराइरहेका कार्यकर्ताहरू अचम्ममा परेका थिए ।

सेनाले बख्तर बन्द गाडी देखाएर डराउन खोजेको एक कार्यकर्ताले जानकारी दिए । बुटवल बेसक्याम्पबाट निकालिएका ४ वटा बख्तर बन्द गाडी राजमार्ग चौराहा हुँदै गोल पार्कतिर लगिएको थियो ।

यसबारे भने आन्तरिक जानकारी आफूहरूलाई भएको नेपाल प्रहरीका एक जवानले बताए । ‘हामीलाई थाहा थियो ।’ उनले भने, ‘आन्तरिक सर्कुलेसन भएको थियो ।’ आर्मीले यसबारेमा केही बोलेको छैन ।

मुख्य राजमार्ग बाहेक बुटवलका भित्री सडकहरूका पसल व्यवसाय भने आंशिक मात्रामा सञ्चालन भइरहेका छन् । ई–रिक्साहरूलाई मुख्य राजमार्गबाहेक अन्यत्र रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?