काठमाडौँ, २२ माघ । आफैंले देशव्यापी आम हड्तालको आह्वान गरेका पुष्पकमल दाहाल‘प्रचण्ड’ भने गाडी चढेर आन्दोलनमा सहभागी हुन सडकमा आएका छन् ।
बा १७ च ३० ७१ को ल्याण्ड क्रुजर गाडी चढेर हामहड्ताल गराउन ललितपुरको पुलचोक पुगेका थिए । गाडीबाट ओर्लिएर प्रचण्ड पुलचोकको बीचसडकमा केही समय पलेटी कसेर बसे । त्यसपछि उठेर फेरि गाडी चढेर उनी जावलाखेलतर्फ लागेका थिए।
गाडी चढेर कार्यक्रम स्थल पुगेका नेता प्रचण्ड सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरेका थिए । उनीसंगै नेतृ पम्फा भुसाल लगायतका नेता कार्यकर्ताहरु पनि सहभागी भएका थिए ।




