सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा आज आमहड्ताल गर्ने घोषणा गरेको छ । आमहड्तालको घोषणासँगै सरकारले काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

" /> आज बिहानै प्रचण्ड-माधव समूहका केही कार्यकर्ता पक्राउ, काठमाडौंको सुरक्षा व्यवस्था कडा - Sarbocha Media

आज बिहानै प्रचण्ड-माधव समूहका केही कार्यकर्ता पक्राउ, काठमाडौंको सुरक्षा व्यवस्था कडा

`

     २०७७ माघ २२ गते १:२५

काठमाडौं, २२ माघ । नेकपा प्रचण्ड -माधव समूहको केही कार्यकर्तालाई आज बिहानै नियन्त्रणमा लिइएको छ ।

प्रहरीले केही युवाहरुलाई आज बिहिबार बिहानै सामाखुसीबाट नियन्त्रणमा लिएको छ । मिलन तमाङ,समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डे पक्राउ परेका छन् । प्रहरीका अनुसार बन्द गराउँदै हिँडेका केहीलाई पक्राउ गरेको छ ।

सामाखुसी, सोह्रखुट्टे, महाराजगञ्ज र बानेश्वरबाट केही प्रचण्ड–माधव समूहका कार्यकर्ता पक्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा आज आमहड्ताल गर्ने घोषणा गरेको छ । आमहड्तालको घोषणासँगै सरकारले काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?