काठमाडौँ, २१ माघ । नेपाल बङ्गलादेश बैङ्कले विभिन्न विधाका पेशाकर्मीहरूलाई लक्षित गरी डिसी कार्ड योजना ल्याएको छ।
पेशाकर्मीका स–साना व्यक्तिगत आवश्यकता परिपूर्ति गर्न यो योजना ल्याएको बैंकले जानकारी दिएको छ।
उक्त योजना अन्तर्गत ग्राहकहरूले एउटै खाताबाट कर्जा तथा बचत सुविधा पाउन सक्नेछन्।
कर्जाको सीमा अन्तर्गत रही रकम उपयोग गर्न पाउने र सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्ने बैंकका अधिकारीहरूले जानकारी दिए।
यस बैंकले हालसम्म ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएका छन्।




