उनले राष्ट्रपतिको कार्यालय, नेपाल सरकार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध रिट निवेदन पेस गरेका हुन् । बिहान ११ बजे नै निवेदन पेस भएको र अहिले दर्ता प्रक्रियामा रहेको अधिवक्ता त्रिपाठीले जानकारी दिए ।

उक्त रिट निवेदनमा त्रिपाठीले विभिन्न ११ वटा आयोगमा संविधानविपरित संसदलाई छलेर नियुक्त गर्न लागिएका पदाधिकारी तथा सदस्यहरुको नियुक्ति बदरभागी भएको भन्दै उक्त नियुक्ति रोक्नको लागि रिट निवेदन दिएको जनाएको छ ।

" /> सरकारविरुद्ध थप अर्को रिट : संवैधानिक नियुक्ति रोक्न अधिवक्ता त्रिपाठीले पेस गरे सर्वोच्चमा निवेदन - Sarbocha Media

सरकारविरुद्ध थप अर्को रिट : संवैधानिक नियुक्ति रोक्न अधिवक्ता त्रिपाठीले पेस गरे सर्वोच्चमा निवेदन

`

     २०७७ माघ २० गते ९:२७

काठमाडौँ, २० माघ। सरकारविरुद्ध सर्वोच्च अदालतमा फेरि थप अर्को रिट परेको छ । संवैधानिक परिषद्ले गरेका नियुक्ति रोक्न भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेस गेरका छन् ।

उनले राष्ट्रपतिको कार्यालय, नेपाल सरकार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध रिट निवेदन पेस गरेका हुन् । बिहान ११ बजे नै निवेदन पेस भएको र अहिले दर्ता प्रक्रियामा रहेको अधिवक्ता त्रिपाठीले जानकारी दिए ।

उक्त रिट निवेदनमा त्रिपाठीले विभिन्न ११ वटा आयोगमा संविधानविपरित संसदलाई छलेर नियुक्त गर्न लागिएका पदाधिकारी तथा सदस्यहरुको नियुक्ति बदरभागी भएको भन्दै उक्त नियुक्ति रोक्नको लागि रिट निवेदन दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?