आफ्नो पक्षमा ४४१ जना बहुमत केन्द्रीय सदस्य रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग रहेको छ । उक्त पार्टीको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो । यसअघि ओली र दाहाल–नेपाल पक्षले फरक–फरक निर्णय अद्यावधिक गर्न निर्वाचन आयोगमा चिठी पठाएका थिए । तर आयोगले ती निर्णय अद्यावधिक गरेको थिएन ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो तर त्यसले कानुनी मान्यता पाएको छैन । आयोगमा दल दाबी गर्न दाहाल–नेपाल पक्ष पुगेसँगै नेकपा कानुनी रूपमा पनि विभाजनतर्फ जाने भएको छ ।

" /> पार्टी र चिह्न दाबी गर्नका लागि निर्वाचन आयोग पुगे दाहाल–नेपाल - Sarbocha Media

पार्टी र चिह्न दाबी गर्नका लागि निर्वाचन आयोग पुगे दाहाल–नेपाल

`

     २०७७ माघ २० गते ६:२१

काठमाडौँ, २० माघ । पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्नका लागि नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्षद्वय नेपाल र दाहाल तथा वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु मंगलबार बिहान ९ : ४५ बजेतिर आयोग पुगेका हुन् ।

आफ्नो पक्षमा ४४१ जना बहुमत केन्द्रीय सदस्य रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग रहेको छ । उक्त पार्टीको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो । यसअघि ओली र दाहाल–नेपाल पक्षले फरक–फरक निर्णय अद्यावधिक गर्न निर्वाचन आयोगमा चिठी पठाएका थिए । तर आयोगले ती निर्णय अद्यावधिक गरेको थिएन ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो तर त्यसले कानुनी मान्यता पाएको छैन । आयोगमा दल दाबी गर्न दाहाल–नेपाल पक्ष पुगेसँगै नेकपा कानुनी रूपमा पनि विभाजनतर्फ जाने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?