प्रहरी कार्यालय सहयोगीको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन (सूचनासहित)
काठमाडौँ, १९ माघ। नेपाल प्रहरीतर्फ रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती सम्बन्धि परीक्षा फागुन २ गते देखि हुनेगरि तालिका आज प्रकाशन भएको छ ।
प्रहरी कार्यालय सहयोगी पदमामा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले २०७७ ७ २१ गते विज्ञापन गरेको थियो ।
प्रहरी प्रधान कार्यालयले जारि गरेको सूचनामा परीक्षामा सहभागी हुने उम्मेदवारहरुले सक्कलै नागरिकताको प्रमाण–पत्र र सम्बन्धित कार्यालयबाट उपलब्ध गराइएको प्रवेश पत्र साथमा लिई परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगावै तोकिएको स्थानमा उपस्थित हुन अनुरोध गरेका छन् ।






