सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने भएको हो ।

साथै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ ।

नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ । सेनाले आवश्यकताअनुसार समय–समयमा यस्तो अभ्यास गर्दै आएको निर्देशनालयले जानकारी दिए ।

" /> देशमा जटिल स्थति आउन सक्छ भन्दै सेनाको तयारी, माघ १९ गते राती सेनाको बख्तरबन्द ट्यांक चल्ने - Sarbocha Media

देशमा जटिल स्थति आउन सक्छ भन्दै सेनाको तयारी, माघ १९ गते राती सेनाको बख्तरबन्द ट्यांक चल्ने

`

     २०७७ माघ १८ गते ११:५५

काठमाडौँ, १८ माघ। नेपाली सेनाले माघ १९ गते राति बख्तरबन्द गाडीले काठमाडौँको चक्रपथमा चक्कर लगाउने भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने भएको हो ।

साथै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ ।

नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ । सेनाले आवश्यकताअनुसार समय–समयमा यस्तो अभ्यास गर्दै आएको निर्देशनालयले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?