काठमाडौँ १८ माघ। सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस फिर्ता पठाएका छन् । सभामुख सापकोटाले अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै नियुक्ति सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाएका हुन् ।
यसबारे सभामुख सापकोटाले अदालतमा मुद्दा विचाराधीन रहेकाले नियुक्ति सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाएएको बताएका छन् ।
सभामुख सापकोटाले नियुक्ति सिफारिस फिर्ता गरेको बोधार्थ राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेतालाई पठाएका छन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते नै प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।






