जनकपुरबाट काठमाडौँ आउँदै गरेको उक्त जिप सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

अहिले घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत अस्पताल लैजाने काम भइरहेको नमोबुद्ध नगरपालिकाका मेयर टीपी शर्मा तिमल्सिनाले जानकारी दिए ।

" /> जिप दुर्घटना परी ८ जना घाइते - Sarbocha Media

जिप दुर्घटना परी ८ जना घाइते

`

     २०७७ माघ १८ गते ८:२९

काठमाडौँ, १८ माघ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ स्थित बुद्धकोटमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

जनकपुरबाट काठमाडौँ आउँदै गरेको उक्त जिप सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

अहिले घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत अस्पताल लैजाने काम भइरहेको नमोबुद्ध नगरपालिकाका मेयर टीपी शर्मा तिमल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?