कमिशन वृद्धि गर्दा हुने मूल्य समायोजनअनुसार पेट्रोल र डिजलमा प्रतिलिटर औसत ३६ पैसाले थप हुनेछ । पेट्रोल र डिजलमा दिइआएको क्रमशः १० लिटर प्रति चार किलोलिटर र तीन लिटर प्रति चार किलोलिटर जर्ती हाललाई स्थगन गरिएको निगमले जनाएको छ । विक्रेताहरुले पाउने थप कमिशन उपभोक्ताबाट असुल गरिनेछ ।

" /> पेट्रोलियम विक्रेताको कमिशन बढ्यो - Sarbocha Media

पेट्रोलियम विक्रेताको कमिशन बढ्यो

`

     २०७७ माघ १८ गते १:४१

काठमाडौं, १८ माघ । नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीचको कमिशन वृद्धि गर्ने सहमति भएको छ ।

निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन निगममा केन्द्रीय कार्यालयमा भएको छलफलमा दुई पक्षबीच वृद्धि गर्ने सहमति भएको हो ।

अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिशन तीन प्रतिशत र डिजलको कमिशन २.६५५ मा क्रमशः ०.३९५५ र ०.४७५ ले वृद्धि गरी पेट्रोलमा ३.३९५५ र डिजलमा ३.१२५ पु¥याउने निर्णय गरेको थियो । दुई पक्षबीच निगम सञ्चालक समितिको निर्णयअनुसार कमिशन लागू गर्ने सहमति गरिएको बताइएको छ ।

कमिशन वृद्धि गर्दा हुने मूल्य समायोजनअनुसार पेट्रोल र डिजलमा प्रतिलिटर औसत ३६ पैसाले थप हुनेछ । पेट्रोल र डिजलमा दिइआएको क्रमशः १० लिटर प्रति चार किलोलिटर र तीन लिटर प्रति चार किलोलिटर जर्ती हाललाई स्थगन गरिएको निगमले जनाएको छ । विक्रेताहरुले पाउने थप कमिशन उपभोक्ताबाट असुल गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?