काठमाडौँ, ९ माघ । बाँकेको भेरी अस्पतालमा एक कोरोना संक्रमित पुरुषको निधन भएको छ ।
अस्पतालका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका–९ का ७१ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान ६ : ५ बजे मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । पुस २७ मा गरिएको पीसीआर परीक्षणमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएका थिए ।
कोरोना संक्रमण पुष्टि भएकै दिन उनलाई भेरी अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो । रोगको प्रकृति अनुसार सबै प्रकारको आवश्यक सपोर्टमा उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जानकारी दिए ।




