माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको थियो । बिभिन्न स्थानबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत भएको छ ।

उक्त मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छ ।

जुलुसमा सहभागीहरुलाई पार्टीले तोकेका नारामात्र लगाउन निर्देशन दिइएको छ । प्रचण्ड–माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी नै राख्ने जनाएको छ ।

" /> १ लाख बढी कार्यकर्ता उतार्ने हिसाबले उपत्यकामा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन - Sarbocha Media

१ लाख बढी कार्यकर्ता उतार्ने हिसाबले उपत्यकामा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

`

     २०७७ माघ ०९ गते ८:००

काठमाडौँ, ९ माघ । संसद विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् ।

काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाट समेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । विरोधसभामा एक लाख बढी कार्यकर्ता उतार्ने उक्त समूहले दाबी गरेको छ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको थियो । बिभिन्न स्थानबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत भएको छ ।

उक्त मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छ ।

जुलुसमा सहभागीहरुलाई पार्टीले तोकेका नारामात्र लगाउन निर्देशन दिइएको छ । प्रचण्ड–माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी नै राख्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?