बिहान ११ बजे पार्टी स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा विभिन्न ठाउँबाट जुलुस निकालिएको छ। प्रचण्ड–नेपाल समूहको प्रदर्शनले काठमाडौंको सडक अस्तव्यत बनाएका छन् ।

माइतीघर मण्डला, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसलगायत स्थानबाट जुलुस निस्केको छन्। जुलुसमा सबै जिल्लाका सम्पर्क मञ्च, सबै जनवर्गीय संगठन तथा पार्टीका शुभचिन्तहरूलाई सहभागी छन्।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईका अनुसार विभिन्न ठाउँबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा हुने छन् । त्यहाँबाट पुतलीसडक, भद्रकाली, शहीदगेट सुन्धारा हुँदै भृकुटीमण्डपमा गएर सभामा परिणत हुने छ ।

जुलुस र सभामा काठमाडौं बाहिरबाट पनि सर्वसाधारण, नेता कार्यकर्ता र शुभेच्छुक सहभागी छन्। जुलुसको नेतृत्व पार्टी प्रवक्ता श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, बेदुराम भुसाल, भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाई, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, संघर्ष समितिका प्रवक्ता भट्टराई लगायतले गरिरहेका छन्।

विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

" /> प्रचण्ड–माधव समूहको प्रदर्शनले अस्तव्यस्त उपत्यका - Sarbocha Media

प्रचण्ड–माधव समूहको प्रदर्शनले अस्तव्यस्त उपत्यका

`

     २०७७ माघ ०९ गते ६:४९

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहको काठमाडौंमा बृहत शक्ति प्रदर्शन भइरहेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा यसअघि देशभर विरोध कार्यक्रम गरेको प्रचण्ड–नेपाल समूहले काठमाडौंमा बृहत प्रदर्शन गरेका हुन् ।

बिहान ११ बजे पार्टी स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा विभिन्न ठाउँबाट जुलुस निकालिएको छ। प्रचण्ड–नेपाल समूहको प्रदर्शनले काठमाडौंको सडक अस्तव्यत बनाएका छन् ।

माइतीघर मण्डला, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसलगायत स्थानबाट जुलुस निस्केको छन्। जुलुसमा सबै जिल्लाका सम्पर्क मञ्च, सबै जनवर्गीय संगठन तथा पार्टीका शुभचिन्तहरूलाई सहभागी छन्।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईका अनुसार विभिन्न ठाउँबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा हुने छन् । त्यहाँबाट पुतलीसडक, भद्रकाली, शहीदगेट सुन्धारा हुँदै भृकुटीमण्डपमा गएर सभामा परिणत हुने छ ।

जुलुस र सभामा काठमाडौं बाहिरबाट पनि सर्वसाधारण, नेता कार्यकर्ता र शुभेच्छुक सहभागी छन्। जुलुसको नेतृत्व पार्टी प्रवक्ता श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, बेदुराम भुसाल, भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाई, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, संघर्ष समितिका प्रवक्ता भट्टराई लगायतले गरिरहेका छन्।

विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?