काठमाडौँ, ८ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ३० स्वाब परीक्षण गर्दा १ सय २२ महिला र २ सय १४ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
नेपालमा अहिलेसम्म २० लाख ३१ हजार ७५६ जनाको आरटी पीसीआर परीक्षण भएको छ। बिहीबार थप ५ हजार ३० स्वाब परीक्षण गरिएको थियो।
योसँगै सहित कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । जसमध्ये २ लाख ६२ हजार ८ सय ६८ जनाले कोरोना जितेका छन् । बिहीबार थप २ सय २६ जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ७९ पुगेको छ । बिहीबार थप ४ जनाको मृत्यु भएको छ। अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ९९ छ । यस्तै १७२ जना क्वारेन्टिनमा छन् भने ३ हजार ७ सय ९९ जना आइसोलेसनमा रहेका छन्।
साथै, मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १५० जना आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।




