बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना संक्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलो पटक भएको बुधबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएका छन् ।

यसैगरी बेलायतका अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबारसम्ममा यहाँका ९३ हजार २ सय ९० जनाको कोरोना संक्रमणका कारण नै मृत्यु भएको जनाएको छ ।

यहीँबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको बताएको छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार कोरोना भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ ।

त्यसैगरी बेलायतमा बुधबारमात्र पनि ३८ हजार ९०५ जना नागरिकमा यो संक्रमण देखिएका छन् । एकै दिनमा यति धेरै संख्यामा संक्रमित पाइएको पनि केही दिन यताको यो ठूलो संख्या पनि हो ।

बेलायतमा कोरोना संक्रमितको संख्या पनि धेरै नै बढेको जनाएको छ । बुधबारसम्ममा यहाँका ३५ लाखभन्दा बढी व्यक्तिमा को।रोना संक्रमण भएको छ ।

साथै, विश्वमा कोरोना संक्तमणबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेका छन् । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको जनाएको छ ।

विश्व स्थास्थ्य संगठनका अनुसार गएको एक हप्ताभित्रमा मात्र लगभग ९३ हजार जनाको कोरोनाका कारण ज्यान गएको छ । गत सातमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन् । पछिल्ला दिनहरुमा संक्रमितहरु थपिने क्रम बढ्दै गएको बताएको छ ।

पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै व्यक्तिमा आशा पलाएको छ । युरोपेली युनियनले आउने अगष्टको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत व्यक्तिलाई यो खोप दिइ सकिने जनाएको छ ।

" /> कोरोना संक्रमणका कारण बेलायतमा एकदिनमा नै एक हजार बढीको मृत्यु - Sarbocha Media

कोरोना संक्रमणका कारण बेलायतमा एकदिनमा नै एक हजार बढीको मृत्यु

`

     २०७७ माघ ०८ गते ८:५५

एजेन्सी, ८ माघ । बेलायतमा कोरोना संक्रमणका कारण एकदिनमा १८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिए । बेलायतमा हिजोमात्र कोरोना संक्रमणका कारण धेरै नागरिकको ज्यान गएका छन् ।

बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना संक्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलो पटक भएको बुधबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएका छन् ।

यसैगरी बेलायतका अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबारसम्ममा यहाँका ९३ हजार २ सय ९० जनाको कोरोना संक्रमणका कारण नै मृत्यु भएको जनाएको छ ।

यहीँबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको बताएको छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार कोरोना भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ ।

त्यसैगरी बेलायतमा बुधबारमात्र पनि ३८ हजार ९०५ जना नागरिकमा यो संक्रमण देखिएका छन् । एकै दिनमा यति धेरै संख्यामा संक्रमित पाइएको पनि केही दिन यताको यो ठूलो संख्या पनि हो ।

बेलायतमा कोरोना संक्रमितको संख्या पनि धेरै नै बढेको जनाएको छ । बुधबारसम्ममा यहाँका ३५ लाखभन्दा बढी व्यक्तिमा को।रोना संक्रमण भएको छ ।

साथै, विश्वमा कोरोना संक्तमणबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेका छन् । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको जनाएको छ ।

विश्व स्थास्थ्य संगठनका अनुसार गएको एक हप्ताभित्रमा मात्र लगभग ९३ हजार जनाको कोरोनाका कारण ज्यान गएको छ । गत सातमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन् । पछिल्ला दिनहरुमा संक्रमितहरु थपिने क्रम बढ्दै गएको बताएको छ ।

पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै व्यक्तिमा आशा पलाएको छ । युरोपेली युनियनले आउने अगष्टको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत व्यक्तिलाई यो खोप दिइ सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?