एजेन्सी, ८ माघ । जो बाइडेनले राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा अमेरिकाका ४६औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्।
उनले १२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर राष्ट्रपतिको शपथ लिए । उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए।
कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन्।अमेरिकी इतिहासमै ७८ वर्षका बाइडेन सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने नेता बनेका छन् बाइडेन ।

स्थानीय समय अनुसार बुधबार मध्याहन्न शपथ लिएका हुन् । कडा सुरक्षा व्यवस्थाका बिच शपथ ग्रहण समारोह भएको हो । समारोहमा राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएका डोनाल्ड ट्रम्प सहभागी भएनन् ।




