चिनियाँ चर्चित उद्यमीको रुपमा रहेका ज्याक माले बुधबार शिक्षकहरुको एक सम्मेलनमा सम्बोधन गरेका हुन् । उक्त सम्मेलनलाई सम्मेलन गरेसँगै त्यसको सकारात्मक असर अलिबाबाको शेयर बजारमा देखिएको छ ।

ज्याक मा सार्वजनिक भएको समाचारसँगै अलिबाबाको शेयरको भाउ पनि पाँच प्रतिशतभन्दा धेरैले बढेको छ ।

गत अक्टोबरमा ज्याक माले चीनको वित्तीय नियामकको आलोचना गर्दै अभिव्यक्ति दिएको थियो । त्यसपछि ज्याक माले स्थापना गरेको एन्ट कम्पनीको आईपीओ नियामकले अन्तिम समयमा रोकिदिएको थियो । त्यसयता ज्याक मा सार्वजनिक भएका थिएनन् ।

गत डिसेम्बरमा चीनमा एन्ट कम्पनीबारे अनुसन्धान सुरु गरिएको थियो । चीनले पछिल्लो समय मुलुकमा निकै शक्तिशाली बनेर उदाएका कम्पनीमाथि कडाइ गरिरहेको छ ।

Jack Ma Yun, the English teacher turned entrepreneur and former executive chairman of #Alibaba, showed up at a rural teacher-themed social welfare event via video link on Wed, his first public appearance since Alibaba came under tougher regulatory scrutiny.https://t.co/VXywPHEeyv pic.twitter.com/DKCXhASIhu

— Global Times (@globaltimesnews) January 20, 2021

" /> ३ महिनापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए चिनियाँ अर्बपति ज्याक मा - Sarbocha Media

३ महिनापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए चिनियाँ अर्बपति ज्याक मा

`

     २०७७ माघ ०७ गते ६:४१

एजेन्सी, ७ माघ । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको एन्ट कम्पनीमाथि अनुसन्धान सुरु भएपछि पहिलोपटक सार्वजनिक भएका छन् ।

सार्वजनिक स्थलमा नदेखिएसँगै ज्याक मा हराएको आशंका गरिएका थिए। साथै केहीले भने सरकारले उनलाई नियन्त्रणमा राखेको हुन सक्ने अनुमान गरेका थिए ।

चिनियाँ चर्चित उद्यमीको रुपमा रहेका ज्याक माले बुधबार शिक्षकहरुको एक सम्मेलनमा सम्बोधन गरेका हुन् । उक्त सम्मेलनलाई सम्मेलन गरेसँगै त्यसको सकारात्मक असर अलिबाबाको शेयर बजारमा देखिएको छ ।

ज्याक मा सार्वजनिक भएको समाचारसँगै अलिबाबाको शेयरको भाउ पनि पाँच प्रतिशतभन्दा धेरैले बढेको छ ।

गत अक्टोबरमा ज्याक माले चीनको वित्तीय नियामकको आलोचना गर्दै अभिव्यक्ति दिएको थियो । त्यसपछि ज्याक माले स्थापना गरेको एन्ट कम्पनीको आईपीओ नियामकले अन्तिम समयमा रोकिदिएको थियो । त्यसयता ज्याक मा सार्वजनिक भएका थिएनन् ।

गत डिसेम्बरमा चीनमा एन्ट कम्पनीबारे अनुसन्धान सुरु गरिएको थियो । चीनले पछिल्लो समय मुलुकमा निकै शक्तिशाली बनेर उदाएका कम्पनीमाथि कडाइ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?