सुर्खेत, ६ माघ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित राडी बजारमा नेकपा प्रचण्ड–माधव पक्ष र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर समेत गरेको छ । तर, अझै स्थिति पूर्ण नियन्त्रणमा नआएकाले थप सुरक्षाकर्मी मगाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सोमबार बेलुकी दुवै पक्षबीच झगडा भएको र छलफलका लागि मंगलबार बिहान इलाका प्रहरी कार्यालयमा पुगे पनि पुनः त्यही झडप सुरु भएको हो ।
झडपका क्रममा ढूंगा प्रहार हुँदा दुवै नेकपा, काँग्रेस र प्रहरीतर्फ समेत घाइते भएका छन् । प्रहरीकाअनुसार तीन सुरक्षाकर्मी सामान्य घाइते भएका छन् ।
झडपमा आठबिसकोट नगरपालिकाका वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाही पनि घाइते भएका छन् ।




