नेपालगञ्ज, ६ माघ । बाँकेमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ। होम आइसोलेसनमा बसेका नेपालगञ्जका दुई जना पुरुषको मृत्यु भएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ७० वर्षीय पुरुषको गतराति ९ : ३० बजे र वडा नम्बर १ धम्बोझीका ४९ बर्षीय पुरुषको आज विहान ६ : १५ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।
योसँगै कोरोनाबाट बाँकेका ५१ जनाको मृत्यु भएका छन्।




