दुवै पक्षले एकअर्को पक्षमा लागेका प्रदशेसभा सांसदलाई कारबाही गरेकाले प्रदेशसभाको यो अधिवेशन सहज नहुनसक्छ । त्यसलाई मध्यनजर गर्दै प्रदेशसभा सचिवालयले १० जना मर्यादा पालक थप गरेको छ । प्रदेश सचिव गोपालप्रसाद पराजुलीका अनुसार यसअघि ४७ जना मर्यादापालक रहेका थिए ।

साथै, सांसदहरु बस्ने कुर्सीलाई उचाल्न नमिल्ने गरी एकआपसमा जोडेर वेल्डिङ गरिएको छ । प्रदेशको राजधानीको विषयबारे निर्णय गर्ने बेला प्रदेश ५ मा केही सांसदहरुले कुर्सी तोडफोड गरेका थिए । त्यस्तो अवस्था आए कुर्सी उचाल्न नमिलोस् र सांसदहरु बस्दा नहल्लियोस् भनेर जोडि दिएका छन् ।

" /> प्रदेशसभाका कुर्सीहरु उचाल्न नमिल्ने गरी एकआपसमा जोडेर वेल्डिङ गरियो - Sarbocha Media

प्रदेशसभाका कुर्सीहरु उचाल्न नमिल्ने गरी एकआपसमा जोडेर वेल्डिङ गरियो

`

     २०७७ माघ ०५ गते १०:४९

विराटनगर, ५ माघ। प्रदेश १, प्रदेशसभाले माघ ७ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी गरेको छ ।

यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव निर्णयार्थ पेस गरिने छ । संसद विघटनका साथै फुटेको नेकपाको प्रचण्ड–माधव समूहले ओली समूहमा रहेका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

दुवै पक्षले एकअर्को पक्षमा लागेका प्रदशेसभा सांसदलाई कारबाही गरेकाले प्रदेशसभाको यो अधिवेशन सहज नहुनसक्छ । त्यसलाई मध्यनजर गर्दै प्रदेशसभा सचिवालयले १० जना मर्यादा पालक थप गरेको छ । प्रदेश सचिव गोपालप्रसाद पराजुलीका अनुसार यसअघि ४७ जना मर्यादापालक रहेका थिए ।

साथै, सांसदहरु बस्ने कुर्सीलाई उचाल्न नमिल्ने गरी एकआपसमा जोडेर वेल्डिङ गरिएको छ । प्रदेशको राजधानीको विषयबारे निर्णय गर्ने बेला प्रदेश ५ मा केही सांसदहरुले कुर्सी तोडफोड गरेका थिए । त्यस्तो अवस्था आए कुर्सी उचाल्न नमिलोस् र सांसदहरु बस्दा नहल्लियोस् भनेर जोडि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?