प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेताहरु बालुवाटारमा जम्मा हुँदैछन् भने, यता पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

पेरिसडाँडामा प्रचण्ड–माधव समूहको स्थायी समिति बैठकमा सडक संघर्षको आगामी रणनीति र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने तय भएको छ । केही बेरमा उक्त बैठक सुरु हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

यता, बालुवाटारमा पनि स्थायी समितिका सदस्यहरु जम्मा हुँदैछन् । बालुवाटारमा औपचारिक बैठक नभनिए पनि सदस्यहरुसँग प्रधानमन्त्रीले छलफल गर्न लागेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

" /> नेकपा स्थायी समिति बैठक प्रचण्ड–माधव र ओली समूहका बैठक आज पनि फरक फरक स्थानमा बस्दै - Sarbocha Media

नेकपा स्थायी समिति बैठक प्रचण्ड–माधव र ओली समूहका बैठक आज पनि फरक फरक स्थानमा बस्दै

`

     २०७७ माघ ०१ गते ११:४४

काठमाडौँ, २ माघ। राजनीतिक रुपमा विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको आजको बैठक पनि फरक फरक स्थानमा बस्दैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेताहरु बालुवाटारमा जम्मा हुँदैछन् भने, यता पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

पेरिसडाँडामा प्रचण्ड–माधव समूहको स्थायी समिति बैठकमा सडक संघर्षको आगामी रणनीति र पार्टी एकताका बाँकी कामका विषयमा छलफल हुने तय भएको छ । केही बेरमा उक्त बैठक सुरु हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

यता, बालुवाटारमा पनि स्थायी समितिका सदस्यहरु जम्मा हुँदैछन् । बालुवाटारमा औपचारिक बैठक नभनिए पनि सदस्यहरुसँग प्रधानमन्त्रीले छलफल गर्न लागेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?