काठमाडौं, २९ पुस । आज साताको चौथो दिन नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ।
आज बुधबार सुनको भाउ प्रतितोला १०० र चाँदीको भाउ प्रतितोला १० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मंगलबार छापावल सुनको कारोबार प्रतितोला ९२ हजार ८०० रूपैयाँमा भएको थियो। जसमा आज १०० रूपैयाँले बढेर प्रतितोला ९२ हजार ९०० पुगेको छ।
यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ४०० रूपैयाँमा किनबेच भइरहेको छ। सुनको मूल्य बढेको दिन आज चाँदीको भाउ पनि बढेको छ।

हिजो तोलामा एक हजार २५० रूपैयाँमा रहेको चाँदीको मूल्य आज प्रतितोला एक हजार २६० रूपैयाँ पुगेको छ।




