‘हामीसँग ७० प्रतिशत बहुमत छ। हिजो निर्वाचन आयोग पनि पुगेर सबै कुरा जानकारी गराएका छौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘हिजोबाट म झन् ढुक्क भएको छु। निर्वाचन आयोगले निष्पक्ष ढंगबाट निर्णय लिन्छ।’ उनले नेकपा र सूर्य चिह्न आफ्नो समूहको हुने दाबी गरेका छन्।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतमा परेपछि केन्द्रीय कमिटी विस्तार गरेको दाबी गरे। यस्तै, उनले सडक आन्दोलनबाट आफूहरु सफलता नजिक पुगिसकेको दाबी गर्दै अब केही दिनमै त्यसको सफलता प्राप्त गर्ने जिकिर गरे।

प्रधानमन्त्री ओलीको कदमलाई लिएर सबैतिरबाट असंवैधानिक भएको भन्ने आवाज उठिरहेको प्रचण्डको दाबी छ।

" /> हामीसँग बहुमत छ, नेकपा र सूर्य हाम्रो हो : प्रचण्ड - Sarbocha Media

हामीसँग बहुमत छ, नेकपा र सूर्य हाम्रो हो : प्रचण्ड

`

     २०७७ पौष २८ गते १०:२७

काठमाडौं, २८ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँग ७० प्रतिशत बहुमत रहेकाले नेकपा र सूर्य आफ्नो पक्षको हुने दाबी गरेका छन्।

गण्डकी प्रदेशका भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय कमिटी र संसदीय दलमा आफ्नो समूहको बहुमत रहेको दाबी गरे।

‘हामीसँग ७० प्रतिशत बहुमत छ। हिजो निर्वाचन आयोग पनि पुगेर सबै कुरा जानकारी गराएका छौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘हिजोबाट म झन् ढुक्क भएको छु। निर्वाचन आयोगले निष्पक्ष ढंगबाट निर्णय लिन्छ।’ उनले नेकपा र सूर्य चिह्न आफ्नो समूहको हुने दाबी गरेका छन्।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतमा परेपछि केन्द्रीय कमिटी विस्तार गरेको दाबी गरे। यस्तै, उनले सडक आन्दोलनबाट आफूहरु सफलता नजिक पुगिसकेको दाबी गर्दै अब केही दिनमै त्यसको सफलता प्राप्त गर्ने जिकिर गरे।

प्रधानमन्त्री ओलीको कदमलाई लिएर सबैतिरबाट असंवैधानिक भएको भन्ने आवाज उठिरहेको प्रचण्डको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?