सर्वोच्च अदालतमा मुद्दा चलिरहेको बेलामा निर्वाचन प्रक्रिया अगाडि बढाउन न्यायको दृष्टिले नमिल्ने भएकाले निर्वाचन आयोगमा गएको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए। ‘अहिले निर्वाचन प्रक्रिया अगाडि बढाउन मिल्दैन। सर्वोच्चको निर्णयपछि तपाईंहरूको प्रक्रिया बढाउनुहोस् भनेर ध्यानाकर्षण गराएका छौं,’ उनले भने।

निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउन अध्यक्षद्वय प्रचण्ड, नेपाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल र रामनारायण बिडारी गएका थिए।

" /> प्रचण्ड-माधव पक्षलाई निर्वाचन आयोगले भन्याे- सरकारले नै मिति तोकेपछि हामीले प्रक्रिया थाल्नैपर्छ - Sarbocha Media

प्रचण्ड-माधव पक्षलाई निर्वाचन आयोगले भन्याे- सरकारले नै मिति तोकेपछि हामीले प्रक्रिया थाल्नैपर्छ

`

     २०७७ पौष २७ गते १:५९

काठमाडौं, २७ पुष । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षका नेतालाई सरकारले निर्वाचन तोकेपछि प्रक्रिया अगाडि बढाउनुपर्ने निर्वाचन आयोगले बताएको छ।

आगामी वैशाखमा हुने भनिएको मध्यावधि निर्वाचनको सम्पूर्ण क्रियाकलाप र गतिविधि रोक्न अनुरोधका लागि पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको समूह निर्वाचन आयोगमा पुगेको थियो।

सर्वोच्च अदालतमा मुद्दा चलिरहेको बेलामा निर्वाचन प्रक्रिया अगाडि बढाउन न्यायको दृष्टिले नमिल्ने भएकाले निर्वाचन आयोगमा गएको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए। ‘अहिले निर्वाचन प्रक्रिया अगाडि बढाउन मिल्दैन। सर्वोच्चको निर्णयपछि तपाईंहरूको प्रक्रिया बढाउनुहोस् भनेर ध्यानाकर्षण गराएका छौं,’ उनले भने।

निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउन अध्यक्षद्वय प्रचण्ड, नेपाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल र रामनारायण बिडारी गएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?