यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको भन्दै स्मरण गरिन्।

नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । वि सं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए।

" /> नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ : प्रधानमन्त्री ओली - Sarbocha Media

नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ : प्रधानमन्त्री ओली

`

     २०७७ पौष २७ गते ९:२८

काठमाडौं, २७ पुष । प्रधानमन्त्री केपी ओलीले नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताएका छन्। पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तिको अवसरमा श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन्,’ नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ।आज उहाँको २९९ औं जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु।’

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको भन्दै स्मरण गरिन्।

नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस सोमबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । वि सं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?