यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा बिहीबार दिउँसो ३ बजे पुलिस क्लबमा चियापान कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेतादेखि विभिन्न पेशाकर्मीलाई आमन्त्रण गरिको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगाायत सहभागी हुने जनाइएको छ ।

" /> पृथ्वी जयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदै - Sarbocha Media

पृथ्वी जयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदै

`

     २०७७ पौष २७ गते ३:४८

काठमाडौं, २७ पुस । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर आज पृथ्वी जयन्ती मनाइँदैछ । उनले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।

शाहले सम्पूर्ण नेपालीहरूलाई औँला माथि उठाएर राष्ट्रिय एकताको सन्देश दिएको सालिक तथा तस्बिरले आम नेपालीहरूलाई हरेक पल एकततमा रहने शिक्षा दिएको छ । उनी गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका थिए ।

लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस नमनाएको सरकारले यस वर्ष भने विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाउँदैछ ।लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको भए पनि सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा बिहीबार दिउँसो ३ बजे पुलिस क्लबमा चियापान कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेतादेखि विभिन्न पेशाकर्मीलाई आमन्त्रण गरिको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगाायत सहभागी हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?