पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने गरिएको छ ।

" /> पशुपतिनाथको मन्दिर आज दिनभर बन्द हुने : विकास कोष - Sarbocha Media

पशुपतिनाथको मन्दिर आज दिनभर बन्द हुने : विकास कोष

`

     २०७७ पौष २६ गते ७:१५

काठमाडौं, २६ पुस। पशुपतिनाथको मन्दिर आज आइतबार दिनभर बन्द हुने भएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार हिजो शनिबार धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने भएको हो । अब भोलि सोमबार बिहान ६ बजेमात्रै मन्दिर खुला हुने जनाइएको छ ।

पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?