advertisement

जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा)मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचना एवं उजुरीको आधारमा अख्तियारको टोलीले लेखापढी व्यवसायी महतोलाई सेवाग्राहीबाट ११ हजार रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको छ भने नायब सुब्बा बराललाई मालपोत कार्यालय, हरिवनबाट नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

" /> ११ हजार घुससहित मालपोत कार्यालयका नायव सुब्बा र लेखापढी व्यवसायी पक्राउ - Sarbocha Media

११ हजार घुससहित मालपोत कार्यालयका नायव सुब्बा र लेखापढी व्यवसायी पक्राउ

`

     २०७७ पौष २३ गते १२:१८

जनकपुरधाम, २३ पुष । सर्लाहीको मालपोत कार्यालयबाट सेवाग्राहीसँग घुस लिएको अभियोगमा दुई जनालाई अख्यितारको टोलीले नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोग बर्दिबासको कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय हरिवनका नायव सुब्बा बेदनिधि बराल र हरिवन नगरपालिका वडा नम्बर २ का लेखापढी व्यवसायी राम सुन्दर महतोलाई ११ हजार घुससहित नियन्त्रणमा लिएको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ।

advertisement

जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा)मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचना एवं उजुरीको आधारमा अख्तियारको टोलीले लेखापढी व्यवसायी महतोलाई सेवाग्राहीबाट ११ हजार रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको छ भने नायब सुब्बा बराललाई मालपोत कार्यालय, हरिवनबाट नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?