advertisement

उनले पार्टीभित्रको विवादमा संसदमाथि प्रहार भएको समेत टिप्पणी गरेका छन्। ‘विवाद पार्टीमा तर संसद र जनतामा प्रहार गर्ने‚’ उनले भने‚ ‘संविधानलाई शक्तिहीन बनाउने अधिकार प्रधानमन्त्रीलाई छैन।’ उनले वैशाखमा निर्वाचन नहुने ठोकुवा गरे।

‘म अहिले पनि भन्छु एक‚ दुई‚ तीन वैशाखमा निर्वाचन हुँदैन‚’ विडारीले भने‚ ‘वैशाखमा निर्वाचन भएन भने प्रधानमन्त्री के हुने?’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकमा प्रतिनिधि सभा विघटन नहुने दावी गरे।

‘पार्टीले काम गर्न दिएन भने अध्यक्ष असफल र संसदले अविश्वासको प्रस्ताव ल्याएमा प्रधानमन्त्री असफल हो‚’ विडारीले भने‚ ‘धारा १०० किन ल्याएको हो?

संविधान मस्यौदा गर्दा मस्यौदा कार्यदलमा आफू पनि भएको सम्झना गर्दै विडारीले उक्त छलफलमा उठेका कुराहरुको अडियो संसदमा सुनाउन माग गरे। ‘संविधान निर्माण गर्ने समयको एक समितिको सदस्य म पनि हुँ। विज्ञ समूह बनाइएको थियो। म पनि त्यसको सदस्य हुँ‚’ उनले भने‚ ‘प्रधानमन्त्री केपी शर्मा ओली र सुवास नेम्वाङ पनि आउनुहुन्थ्यो। त्यो समितिमा भएका कुराहरुको रेकर्ड यहाँ सुनाइयोस्। हामी कति नालायक रहेछौँ।’ विडारीले ताजा जनादेश भनेको के हो? हुकुमी शासनले कि संविधानले ताजा जानादेशमा जाने हो भनी प्रश्न उठाए।

यो देशको सबैभन्दा ठूलो कुरा संविधान भएको भन्दै उनले संविधानभन्दा माथि प्रधानमन्त्री नहुने बताए।

प्रधानमन्त्रीको सनकमा विघटन नहुने धेरै अभ्यास हेरेर संविधानमा राखेको उनले बताए। ‘कहिले पार्टी फुट्ला र मन्त्री खान पाइएला भनेर बसेकाहरू अहिले फुर्ति लगाउँदैछन्‚’ उनले भने। गाउँ गाउँमा पैसा खर्च गर्दै यस्तै मन्त्रीहरु घुमेको र संविधान विरोधी भाषण गरेको उनले दावी गरे। अख्तियारले गाउँ गाउँमा र उपभोक्ता समितिमा धेरै भ्रष्टाचार भएको भनेको तर कारवाही नभएको उनले बताए। ट्रान्परेन्सी इन्टरनेसनलले पनि नेपालमा एक नम्बरी भ्रष्टाचार रहेको भनेपछि छानबिन हुनुपर्नेमा त्यस्तो नभएको उनले बताए। एमसीसी अध्ययन गरौँ भन्दा नगर्ने काम भएको उनले बताए। मनलाग्दी राज्यको ढुकुटी खर्च गर्ने काम भएको आरोप उनले लगाए।

" /> संविधान कुल्चेर जुँगा मुसार्दै ओली विघटनको बचाउ गरिरहेका छन् : रामनारायण विडारी - Sarbocha Media

संविधान कुल्चेर जुँगा मुसार्दै ओली विघटनको बचाउ गरिरहेका छन् : रामनारायण विडारी

`

     २०७७ पौष २३ गते १०:२१

काठमाडाैं, २३ पुष । नेकपाका सांसद रामनारायण विडारीले संविधान कुल्चेर प्रधानमन्त्री केपी शर्मा ‌ओलीले संसद विघटनको बचाउ गरेको आरोप लगाएका छन्। राष्ट्रिय सभामा बोल्दै सांसद विडारीले प्रधानमन्त्री ‌ओलीले जुँगा मुसार्दै प्रतिनिधि सभा विघटनको बचाउ गरिरहेको बताएका हुन्।

‘यसरी भ्रष्टाचार र विसंगतिमा नेकपाभित्र व्यापक छलफल भयो‚’ उनले भने‚ ‘यही कारण हुँदा खाँदाको प्रतिनिधि सभा विघटन गरियो। अहिले प्रधानमन्त्री जुगा मुसार्दै संविधानलाई कुल्चेर कसरी हुन्छ विघटन भनी तर्क गरेर बसेका छन्।’ प्रधानमन्त्रीको कदमले राष्ट्रपतिलाई पनि संसारभर विवादमा ल्याउने काम गरेको दावी उनले गरे।

advertisement

उनले पार्टीभित्रको विवादमा संसदमाथि प्रहार भएको समेत टिप्पणी गरेका छन्। ‘विवाद पार्टीमा तर संसद र जनतामा प्रहार गर्ने‚’ उनले भने‚ ‘संविधानलाई शक्तिहीन बनाउने अधिकार प्रधानमन्त्रीलाई छैन।’ उनले वैशाखमा निर्वाचन नहुने ठोकुवा गरे।

‘म अहिले पनि भन्छु एक‚ दुई‚ तीन वैशाखमा निर्वाचन हुँदैन‚’ विडारीले भने‚ ‘वैशाखमा निर्वाचन भएन भने प्रधानमन्त्री के हुने?’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकमा प्रतिनिधि सभा विघटन नहुने दावी गरे।

‘पार्टीले काम गर्न दिएन भने अध्यक्ष असफल र संसदले अविश्वासको प्रस्ताव ल्याएमा प्रधानमन्त्री असफल हो‚’ विडारीले भने‚ ‘धारा १०० किन ल्याएको हो?

संविधान मस्यौदा गर्दा मस्यौदा कार्यदलमा आफू पनि भएको सम्झना गर्दै विडारीले उक्त छलफलमा उठेका कुराहरुको अडियो संसदमा सुनाउन माग गरे। ‘संविधान निर्माण गर्ने समयको एक समितिको सदस्य म पनि हुँ। विज्ञ समूह बनाइएको थियो। म पनि त्यसको सदस्य हुँ‚’ उनले भने‚ ‘प्रधानमन्त्री केपी शर्मा ओली र सुवास नेम्वाङ पनि आउनुहुन्थ्यो। त्यो समितिमा भएका कुराहरुको रेकर्ड यहाँ सुनाइयोस्। हामी कति नालायक रहेछौँ।’ विडारीले ताजा जनादेश भनेको के हो? हुकुमी शासनले कि संविधानले ताजा जानादेशमा जाने हो भनी प्रश्न उठाए।

यो देशको सबैभन्दा ठूलो कुरा संविधान भएको भन्दै उनले संविधानभन्दा माथि प्रधानमन्त्री नहुने बताए।

प्रधानमन्त्रीको सनकमा विघटन नहुने धेरै अभ्यास हेरेर संविधानमा राखेको उनले बताए। ‘कहिले पार्टी फुट्ला र मन्त्री खान पाइएला भनेर बसेकाहरू अहिले फुर्ति लगाउँदैछन्‚’ उनले भने। गाउँ गाउँमा पैसा खर्च गर्दै यस्तै मन्त्रीहरु घुमेको र संविधान विरोधी भाषण गरेको उनले दावी गरे। अख्तियारले गाउँ गाउँमा र उपभोक्ता समितिमा धेरै भ्रष्टाचार भएको भनेको तर कारवाही नभएको उनले बताए। ट्रान्परेन्सी इन्टरनेसनलले पनि नेपालमा एक नम्बरी भ्रष्टाचार रहेको भनेपछि छानबिन हुनुपर्नेमा त्यस्तो नभएको उनले बताए। एमसीसी अध्ययन गरौँ भन्दा नगर्ने काम भएको उनले बताए। मनलाग्दी राज्यको ढुकुटी खर्च गर्ने काम भएको आरोप उनले लगाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?