advertisement

वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन् । बाइडेन राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने प्रक्रिया केही समयका लागि स्थगित भएको छ ।

" /> ट्रम्पका समर्थकद्वारा संसद भवनमा तोडफोड : गोली लागेर एक महिलाको मृत्यु, वासिङ्टनमा कर्फ्यू - Sarbocha Media

ट्रम्पका समर्थकद्वारा संसद भवनमा तोडफोड : गोली लागेर एक महिलाको मृत्यु, वासिङ्टनमा कर्फ्यू

`

     २०७७ पौष २३ गते १:४८

एजेन्सी, २३ पुस । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा तोडफोड गरेका छन्

अमेरिकी राष्ट्रपति जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका समयमा ट्रम्पका समर्थकले सुरक्षा तारबार भत्काएर संसद भवन छिरेर तोडफोड गरेका हुन् ।

उनीहरूले त्यहाँका झ्यालढोकामा तोडफोड गरेका छन् । उनीहरुले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै तोडफोड गरेको बताइएको छ ।

प्रदर्शनकारी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेका छन् । सोहि क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको छ ।

संसद सदस्यहरुले गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने क्रम सुरु गरेका बेला हतियारधारी ट्रम्पका समर्थकले प्रदर्शन तथा आक्रमण गरेका हुन् ।

भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लिएका थिए । परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ।

advertisement

वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन् । बाइडेन राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने प्रक्रिया केही समयका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?