advertisement

नेता नेपालले ओलीले पार्टी विधानलाई तोडेकोसमेत आरोप लगाए। उनले उनको यो कदमले संविधानसँगै सबै राजनीतिक दलको भावनामाथि प्रहार भएको बताए। उनले ओलीको यो कदम स्वेच्छाचारी भएको बताए। उनले ओली अहंकारी भएकोसमेत आरोप लगाए।

बुधबार प्रचण्ड-नेपाल समूहले काठमाडौंको नयाँ बानेश्वरमा गरेको अन्तरक्रियामा बोल्दै यस्तो बताएका हुन्।

नेकपा अध्यक्षसमेत रहेका ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड-नेपाल समूहले गरेको छ।

" /> प्रधानमन्त्रीले संवैधानिक 'कू' गर्नुभयो : माधवकुमार नेपाल - Sarbocha Media

प्रधानमन्त्रीले संवैधानिक ‘कू’ गर्नुभयो : माधवकुमार नेपाल

`

     २०७७ पौष २२ गते २:४२

काठमाडौं, २२ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले संवैधानिक ‘कू’ गरेको आरोप लगाएका छन्।

लामो अभ्यासलाई ध्यानमा राखेर बनेको संविधानको मूल्य मान्यता कुल्चिएर र मर्मलाई समाप्त पार्दै संवैधानिक ‘कू’ गरेको आरोप नेपालले लगाएका हुन्। बुधबार राजधानीमा आयोजित राजनीतिक पार्टीको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।

‘संविधान नेपाली जनताको त्याग र बलिदानबाट बनेको हो। हामीले संवैधानिक अभ्यासलाई ध्यानमा राखेर संविधानमा प्रवधान तय गरेका थियौँ। संविधानको मूल्य मान्यतालाई कुल्चिएर, संविधानको मर्म समाप्त पार्ने अर्को भाषामा भन्न सकिन्छ संवैधानिक ‘कू’ गरेर उहाँले आफ्नो अधिनायकवादी शैली देखाउनुभयो। स्वेच्छाचारी शैली देखाउनुभयो। निरंकुश शैली देखाउनुभयो। संविधानमाथि ठूलो आघात पुर्याउनुभयो।’

advertisement

नेता नेपालले ओलीले पार्टी विधानलाई तोडेकोसमेत आरोप लगाए। उनले उनको यो कदमले संविधानसँगै सबै राजनीतिक दलको भावनामाथि प्रहार भएको बताए। उनले ओलीको यो कदम स्वेच्छाचारी भएको बताए। उनले ओली अहंकारी भएकोसमेत आरोप लगाए।

बुधबार प्रचण्ड-नेपाल समूहले काठमाडौंको नयाँ बानेश्वरमा गरेको अन्तरक्रियामा बोल्दै यस्तो बताएका हुन्।

नेकपा अध्यक्षसमेत रहेका ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड-नेपाल समूहले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?