संसद पुनर्स्थापना हुन्छ‚ सूर्य चिह्न हामीले पाउँछौं : प्रवक्ता श्रेष्ठ

`

     २०७७ पौष २१ गते १०:५९

काठमाडौं, २१ पुष । नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद पुनर्स्थापना हुने र सूर्य चिह्न आफूहरूले पाउनेमा ढुक्क रहेको बताएका छन्।

नेकपा बिटका पत्रकारहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा उनले संसद पुनर्स्थापना र सूर्य चिह्न आफू पक्षको नेकपाले पाउनेमा ढुक्क रहेको बताएका हुन्।

‘हामीले सबै दलसँग छलफल गरेर प्रधानमन्त्रीलाई विघटन गर्न नदिने व्यवस्था गरिएको थियो‚’ प्रवक्ता श्रेष्ठले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?