advertisement

यूएई, बहरेन, इजिप्टले साउदी अरबसँग कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारी गरेका थिए। बीबीसीबाट

" /> कतारमाथि लगाएको साढे तीन वर्ष लामो प्रतिबन्ध हटाउँदै साउदी अरब - Sarbocha Media

कतारमाथि लगाएको साढे तीन वर्ष लामो प्रतिबन्ध हटाउँदै साउदी अरब

`

     २०७७ पौष २१ गते ६:०८

एजेन्सी, २१ पुस । साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको छ ।

यसलाई कतार र विभिन्न खाडी राष्ट्रबीच लामो समयदेखि विद्यमान विवाद समाधानको दिशामा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको जनाइएको छ । मङ्गलवार साउदी अरबमा हुन लागेको गल्फ कोअपरेशन काउन्सिलको एउटा सम्मेलनअघि यो कदम चालिएको हो।

आतङ्कवादलाई समर्थन गरेको आरोप लगाउँदै कतारका छिमेकी देशहरूले साढे तीन वर्षअघि उसमाथि नाकाबन्दी लगाएका थिए।

advertisement

यूएई, बहरेन, इजिप्टले साउदी अरबसँग कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारी गरेका थिए। बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?