पोखरा, २१ पुस । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आज हुँदै छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीले बोलाउन माग गरेको सो अधिवेशन आज मंगलबार हुने भएको हो ।
सत्तारूढ दल नेकपा विभाजनको असरस्वरूप प्रदेशमा सरकार ढाल्ने वा बदल्ने खेल देखिएको छ । तर गण्डकीमा त्यस्तो अवस्था नदेखिएपछि अधिवेशन बोलाउन सबै दल सहमत रहेको बताइएको छ ।

विशेष अधिवेशनमा कोरोना भाइरस संक्रमणको अवस्था, जनजीविकाका सवाल लगायत विषयमा छलफल हुने बताइएको छ ।




