advertisement

आज काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

" /> आज हिमाली र उच्च पहाडी जिल्लामा हिमपात हुने - Sarbocha Media

आज हिमाली र उच्च पहाडी जिल्लामा हिमपात हुने

`

     २०७७ पौष २१ गते ५:०२

काठमाडौं, २१ पुस । आज हिमाली र उच्च पहाडी जिल्लामा हिमपात हुने र अन्य केही भूभागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार देशैभरि मौसम बदली रहनेछ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले देशभर सामान्य बदली भइरहेको छ । मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ भने वाग्मती प्रदेशका एक / दुई ठाउँमा पनि हल्का पानी पर्ने अनुमान छ ।

advertisement

आज काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?