advertisement

उक्त पक्षले गण्डकी प्रदेशको इन्चार्ज देवेन्द्र पौडेललाई बनाइएको छ। लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ।

गण्डकी प्रदेशको सह इन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ। गण्डकी प्रदेश कमिटीको सचिवबाट गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई बनाइएको छ ।

" /> प्रचण्ड-माधव पक्षले मुख्यमन्त्रीद्वय गुरुङ र पोखरेललाई नेकपा प्रदेश इन्चार्जबाट हटायो - Sarbocha Media

प्रचण्ड-माधव पक्षले मुख्यमन्त्रीद्वय गुरुङ र पोखरेललाई नेकपा प्रदेश इन्चार्जबाट हटायो

`

     २०७७ पौष २० गते १२:३४

काठमाडौं, २० पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको स्थायी कमिटी बैठकले गण्डकी र लुम्बिनी प्रदेशका इन्चार्ज हटाएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली निकट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई इन्चार्जबाट हटाएको हो।

advertisement

उक्त पक्षले गण्डकी प्रदेशको इन्चार्ज देवेन्द्र पौडेललाई बनाइएको छ। लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ।

गण्डकी प्रदेशको सह इन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ। गण्डकी प्रदेश कमिटीको सचिवबाट गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?