advertisement

उनी चितवन आएपछि प्रचण्ड-नेपाल समूहले उनको विरोधमा कालो बेलुन उडाएका छन्।

उनीहरूले बादल-लाल गद्दार असंवैधानिक ‘कू’ को मतियार लेखिएको ब्यानर सहितको कालो बेलुन उडाएका हुन्। उक्त बेलुनलाई पछि प्रहरीले बाँसको भाटाको सहायताले झारेको थियो।

प्रधानमन्त्रीले संसद विघटन गरेसँगै नेकपा दुई समूहमा कित्ताकाट भएको छ। थापा ओली पक्षमा गएका छन्।

" /> ‘लाल गद्दार’ लेखेर कालो बेलुन उडाएर गृह जिल्ला पुगेका गृहमन्त्री थापाको विरोध - Sarbocha Media

‘लाल गद्दार’ लेखेर कालो बेलुन उडाएर गृह जिल्ला पुगेका गृहमन्त्री थापाको विरोध

`

     २०७७ पौष २० गते ११:०५

चितवन, २० पुष ।  चितवनमा नेकपा प्रचण्ड- नेपाल समूह र केपी शर्मा ओली समूहको छुट्टाछुट्टै भेला आयोजना भइरहेको छ।

सोमबार दुई समूहले छुट्टाछुट्टै जिल्ला कार्यकर्ता भेला गरेका हुन्। भेलालाई सम्बोधन गर्न काठमाडौंबाट केन्द्रीय नेताहरू चितवन गएका छन्। ओली समूहको भेलालाई सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चितवन आएका हुन्।

advertisement

उनी चितवन आएपछि प्रचण्ड-नेपाल समूहले उनको विरोधमा कालो बेलुन उडाएका छन्।

उनीहरूले बादल-लाल गद्दार असंवैधानिक ‘कू’ को मतियार लेखिएको ब्यानर सहितको कालो बेलुन उडाएका हुन्। उक्त बेलुनलाई पछि प्रहरीले बाँसको भाटाको सहायताले झारेको थियो।

प्रधानमन्त्रीले संसद विघटन गरेसँगै नेकपा दुई समूहमा कित्ताकाट भएको छ। थापा ओली पक्षमा गएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?