हुम्ला, २० पुस । हुम्लामा आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवा अवरुद्ध भएको छ ।
भारी हिमपात निरन्तर भएपति उडान रोकिएको छ । उडान नभएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् ।

तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । पश्चिमी वायुको प्रभावसँग उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ ।




