काठमाडौँ, २० पुस । त्रिभुवन विश्वविद्यालयले पाँच सयभन्दा बढी उपप्राध्यापक पदपूर्ति गर्ने भएको छ ।
चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको जनाइएको छ । एक महिनाभित्रै यसको सबै टुङ्गो लगाइने बताइएको छ । उपप्राध्यापकको खुला प्रतियोगिताको सुरुवातसँगै सहप्राध्यापक तथा प्राध्यापकको बढुवाको बाटोसमेत खुल्ने भएको छ ।

अब विश्वविद्यालयको रिक्त दरबन्दीका आधारमा हरेक वर्ष खुला प्रतिस्पर्धाका आधारमा विज्ञापन गरिने भएको जनाइएको छ ।



