advertisement

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको पद पनि राखिरहेको उनले बताएका छन्। नारायणकाजी श्रेष्ठप्रति लक्ष्य गर्दै उनले भने, ‘प्रवक्ताले धेरै दुर्गन्धित काम गरेका कारण हटाएँ, तर पनि सचिवालय सदस्य राखिरहेका छौँ। पार्टीबाट कसैलाई निकालेका छैनौँ।’

सूर्य चिह्नको दाबी गरेर निर्वाचन आयोगमा जानुको कुनै अर्थ नभएको पनि उनले बताएका छन्। अध्यक्ष दाहाल पक्षलाई पार्टीमा सच्चिएर फिर्ता आउनसमेत उनले आग्रह गरे।

‘सडकमा अहिले केही व्यक्ति हामी यहाँ छौँ भनेर बसिराख्नुभएको छ। पछि म यहाँ छु भनेर बस्ने दिन आउँछ,’ त्यसलै तपाईंहरु अब सच्चिएर आउनुहोस्’, उनले भने, ‘तपाईंहरुलाई नपुगेको त्यही कुर्सी न हो।’

" /> प्रचण्डलाई कार्यकारी दिएको थिएँ, उपद्रव गरेपछि हटाइदिएँ : ओली - Sarbocha Media

प्रचण्डलाई कार्यकारी दिएको थिएँ, उपद्रव गरेपछि हटाइदिएँ : ओली

`

     २०७७ पौष १९ गते ११:३०

काठमाडौँ, १९ पुष । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार आफूले खोसेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना भएको नेकपा ओलीनिकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘प्रचण्डलाई कार्यकारी अधिकार दिएको थिएँ। उहाँले उपद्रो गर्नुभयो, त्यसैले मैले कार्यकारी अधिकारबाट हटाइदिएँ।’ तर उनले त्यस पद भने अझै राखिरहेको बताएका छन्।

advertisement

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको पद पनि राखिरहेको उनले बताएका छन्। नारायणकाजी श्रेष्ठप्रति लक्ष्य गर्दै उनले भने, ‘प्रवक्ताले धेरै दुर्गन्धित काम गरेका कारण हटाएँ, तर पनि सचिवालय सदस्य राखिरहेका छौँ। पार्टीबाट कसैलाई निकालेका छैनौँ।’

सूर्य चिह्नको दाबी गरेर निर्वाचन आयोगमा जानुको कुनै अर्थ नभएको पनि उनले बताएका छन्। अध्यक्ष दाहाल पक्षलाई पार्टीमा सच्चिएर फिर्ता आउनसमेत उनले आग्रह गरे।

‘सडकमा अहिले केही व्यक्ति हामी यहाँ छौँ भनेर बसिराख्नुभएको छ। पछि म यहाँ छु भनेर बस्ने दिन आउँछ,’ त्यसलै तपाईंहरु अब सच्चिएर आउनुहोस्’, उनले भने, ‘तपाईंहरुलाई नपुगेको त्यही कुर्सी न हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?