advertisement

तत्कालीन एमाले र माओवादी मिलेर नेकपा भइसक्दा पनि फेरि पूर्व-एमाले एकातिर, माओवादी अर्कोतिर हुन खोज्नु पश्चगामी कदम हुने उनको भनाइ छ।

पार्टी एकता गर्दा प्रचण्डले ओलीलाई सर्वमान्य नेता स्वीकारेर अघि बढेको उल्लेख गर्दै उनले अहिले आफूलाई चित्त नबुझेपछि ओलीलाई पनि सिध्याउन खोज्ने प्रवृत्ति ठिक नभएको टिप्पणी गरे। प्रचण्ड–माधवले दुई पार्टीका राम्रा पक्ष नभई नराम्रा पक्ष मात्रै लिएर अघि बढ्न खोज्दा विभाजनको स्थिति आएको मन्त्री रायमाझीले बताए।

" /> टोपबहादुरको दाबी : केपी ओली गणतन्त्रपछिका उत्कृष्ट प्रधानमन्त्री - Sarbocha Media

टोपबहादुरको दाबी : केपी ओली गणतन्त्रपछिका उत्कृष्ट प्रधानमन्त्री

`

     २०७७ पौष १९ गते १०:०३

काठमाडौं, १९ पुष । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गणतन्त्र आइसकेपछि सबैभन्दा उत्कृष्ट प्रधानमन्त्री केपी शर्मा ओली नै भएको दाबी गरेका छन्।

ओली पक्षले बुटवलमा आज आयोजना गरेको भेलालाई सम्‍बोधन गर्दै उनले राष्ट्रवादी र विकासवादी नेता ओली नै भएकाले उहाँलाई नै आफूले समर्थन गरेको प्रष्ट्याए।

advertisement

तत्कालीन एमाले र माओवादी मिलेर नेकपा भइसक्दा पनि फेरि पूर्व-एमाले एकातिर, माओवादी अर्कोतिर हुन खोज्नु पश्चगामी कदम हुने उनको भनाइ छ।

पार्टी एकता गर्दा प्रचण्डले ओलीलाई सर्वमान्य नेता स्वीकारेर अघि बढेको उल्लेख गर्दै उनले अहिले आफूलाई चित्त नबुझेपछि ओलीलाई पनि सिध्याउन खोज्ने प्रवृत्ति ठिक नभएको टिप्पणी गरे। प्रचण्ड–माधवले दुई पार्टीका राम्रा पक्ष नभई नराम्रा पक्ष मात्रै लिएर अघि बढ्न खोज्दा विभाजनको स्थिति आएको मन्त्री रायमाझीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?